२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

बाँकेमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा पछिल्लो २४ घण्टामा एकैपटक १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका ४५ नमुनामध्ये १८ जनामा संक्रमण देखिएको हो । 

बाँकेमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि


जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना पुष्टि हुनेहरूमा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका एक–एक जना छन् ।

यससँगै बाँकेमा पुष्टि भएका कुल संक्रमितको संख्या ४ हजार ७ सय ३० पुगेको छ भने ४ हजार ६ सय ४९ जना निको भएर घर फर्केका छन् । बाँकेमा जिल्ला भित्रका ५६ र बाहिरका ८८ गरी १ सय ४४ जनाको कोरोनाले मृत्यु भइसकेको छ ।


प्रकाशित : चैत्र १८, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?