वाग्मती प्रदेशमा पूरक बजेट ल्याउन एमालेको माग
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
मकवानपुर — वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय नेता जगनाथ थपलियाले पूरक बजेट ल्याउन माग गरेका छन् । मंगलबारबाट सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनमा शुभकामना व्यक्त गर्दै थपलियाले सरकार र प्रतिपक्षी दलबीच विभिन्न समयमा भएको सम्झौता कार्यान्वयन गर्नका लागि पूरक बजेट तत्काल ल्याउनुपर्ने बताएका हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![वाग्मती प्रदेशमा पूरक बजेट ल्याउन एमालेको माग](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/thapaliya-2722024011131-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
‘पूरक बजेट ल्याएर चालु आर्थिक वर्षको बजेटमा भएको कमीकमजोरी सच्याउन जरुरी रहेको छ । पूरक बजेटले सत्ता–प्रतिपक्षी दुवैलाई फाइदा रहेको छ ।’ उनले चालु आव २०८०/०८१ को बजेट सन्तुलित नभएको र मन्त्रीमुखी भएको आरोप लगाएका थिए ।
‘गत वर्षको बजेटमा असमानता भएपश्चात् सरकारले हामीसँग सम्झौता गरेको छ । बजेटको सन्दर्भमा सांसदलाई दुर्व्यवहार भएको छ । सत्तापक्षले राजनीतिक बेइमानी गरेको छ ।’ उनले प्रतिपक्षीलाई कमजोर नठान्न समेत आग्रह गरे ।
‘सदनलाई सहजरुपमा सञ्चालन गर्न हाम्रो अरु कुनै माग छैन । राजनीतिक बेमाइन सच्याइयोस् भन्ने मात्र हो ।’ उनले सात महिना अगाडि सरकारले आफूहरुसँग गरेको सम्झौता तत्काल कार्यान्वयन हुनुपर्नेमा पटक/पटक दोहोर्याए । सरकारले विविध शीर्षकमा रहेको बजेटमा विपक्षीको योजना समेट्ने प्रतिबद्धता यसअघि गरेको थियो ।
गत २२ असोजमा दुईवटा विधेयक पारित गरेर स्थगित भएको प्रदेश सभाको बैठक १ सय ४१ दिनपश्चात् मंगलबार बसेको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)