कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पनौतीको चौकोटमा मानव कंकाल भेटियो

ज्योती श्रेष्ठ

काभ्रे — काभ्रेको पनौती नगरपालिका वडा नम्बर–५, स्थित चौकोटमा मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बिहीबार दिउँसो ३ बजेको समयमा चौकोटको जंगलमा स्थानीयहरूले घाँस–दाउरा काट्न जाने क्रममा नाम, थर, वतन नखुलेको पुरुषको जस्तो देखिने अस्थिपञ्जरसहित घडी, मोबाइल देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीको टोलीले घटनास्थलमा पुगी मुचुल्का उठाएको थियो । फेला परेको मानव कंकाल पनौती नगरपालिका–६ बस्ने ५२ वर्षीय रामशरण हुमागाईंको हुन सक्ने आफन्तहरूले बताएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

मृतकले लगाएको लुगा र घडीबाट पहिचान गरेको र रामशरण ६ महिना अगाडिदेखि हराएको भन्ने बुझिएको प्रहरीको भनाइ छ । उक्त विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित : मंसिर २९, २०८० ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×