कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

मकवानपुर जिल्ला अदालत नयाँ भवनमा

सुवास विडारी

मकवानपुर — मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवन सोमबार उद्घाटन गरिएको छ । हेटौंडा–२ मा ७१ कोठे सुविधासम्पन्न नवनिर्मित भवनको सर्वोच्च अदालतका प्रधानन्यायाधीश बिश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गरेका हुन् । माघ २८ गते नै नयाँ भवनमा सरेको अदालतले सोमबार नयाँ भवनको औपचारिक उद्घाटन नै गरेर सेवा शुभारम्भ गरेको छ ।

मकवानपुर जिल्ला अदालत नयाँ भवनमा

२०७७ साल माघ २१ गतेबाट निर्माण सुरु गरिएको भवन तोकिएको समयमै सम्पन्न गरी निर्माण कम्पनीले अदालतलाई हस्तान्तरण गरे थियो । भवन पाँच तल्ले भवनमा भूमिगत पार्किङसहित अपाङ्गमैत्री सुविधा रहेको छ ।

भवनमा कर्मचारी तथा सेवाग्राहीको लागि दुई वटा लिफ्टको व्यवस्थापन गरिएको छ । १० कठ्ठा क्षेत्रफलमा निर्मित भवनमा ४८ वटा सीसीटिभी, प्रहरी विट, आधुनिक चमेना गृह निर्माण गरिएको छ । जिल्ला अदालतको भवनमा पाँचवटा अपाङ्गमैत्री शौचालय समेत रहेका छन् ।

नयाँ भवनमा पुस्ताकलय, कानुन व्यवसायी प्रतीक्षा कक्ष, सुपरिवेक्षण कक्ष, सभाहल, सूचना कक्ष, मेलमिलाप कक्ष, पोषण कक्षलगायको सुविधा रहेको छ । २७ करोड ८९ लाख १४ हजार १ सय ६७ रुपैयाँमा बोलपत्र भएको भवनलाइ काठमाडौंको कविन्द्र/नवसिर्जनशिल/स्लेट जेभिले १८ करोड १२ लाख ३३ हजार ३६ रुपैयाँमा ठेक्का प्राप्त गरेको थियो ।

तर, मूल्य वृद्धि र भेरिएसनआदेश सहित भवन निर्माण २३ करोड ७७ लाख ४ हजार २ सय ४८ रुपैयाँमा सम्पन्न भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

प्रकाशित : फाल्गुन १४, २०८० २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×