कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४१

बनेपाबाट सुनचाँदी र नगदसहित भारतीय नागरिक पक्राउ

ज्योती श्रेष्ठ

काभ्रे — स्रोत नखुलेको सुनचाँदी र नगदसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बिल नभएको सुन जस्तो देखिने पहेँलो धातु २० तोला, चाँदी जस्तो देखिने सेतो धातु १६२ तोला, स्रोत नखुलेको नगद पाँच लाख ७६ हजार १३५ र  २२ हजार रुपैयाँसहित एक जनालाई भारतीय नागरिकलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भई हाल बनेपा नगरपालिका–७ बिकुटोलमा बस्ने ३९ वर्षका सचिन विभुते रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । बरामद गरिएको सुनचाँदी, रकम र विभुतेलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : मंसिर १९, २०८० ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×