कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

रामेछापमा भीरबाट लडेर शिक्षकको मृत्यु

टीकाप्रसाद भट्ट

रामेछाप — जिल्लाको लिखु तामाकोशी गाउँपालिका-३ खोल्मागाउँस्थित बृखेश्वर आधारभूत विद्यालयका शिक्षक यज्ञबहादुर श्रेष्ठको भीरबाट लडेर मृत्यु भएको छ । 

मंगलबार आफ्नो निवास रामेछाप नगरपालिका-३ साँघुटारमा रहेको घर नजिक पाखोमा घाँस काट्न गएका बेला ३९ वर्षीय श्रेष्ठ भीरबाट लडेर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार घाइते श्रेष्ठलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको थियो ।

श्रेष्ठको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक पराजुलीले बताए ।


प्रकाशित : मंसिर १९, २०८० २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×