कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कांग्रेस वाग्मती प्रदेशको सम्मेलन पुस पहिलो हप्ता

सुवास विडारी

मकवानपुर — सत्तारुढ दल नेपाली कांग्रेस वाग्मती प्रदेशको सम्मेलन पुसको पहिलो हप्ता हुने भएको छ ।  कांग्रेस प्रदेश कार्यसमितिले आगामी पुस ७ गते पहिलो प्रदेश सम्मेलन काठमाडौंमा गर्ने भएको हो । प्रदेश संरचनामा गएपछि पहिलोपटक सम्मेलन गर्न लागिएको नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

कांग्रेस वाग्मती प्रदेशको सम्मेलन पुस पहिलो हप्ता

कांग्रेस प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले सम्मेलन तयारीका लागि विभिन्न समितिहरु गठन गरेको छ । प्रदेश सभापति बानियाँको संयोजकत्व तथा सबै पदाधिकारी सदस्य रहेको मूल आयोजक समिति गठन गरेको छ ।

राजनीतिक प्रस्ताव तयारी उपसमिति संयोजक उपसभापति चन्द्र महर्जन, आर्थिक व्यवस्थापन उपसमिति संयोजक उपसभापति मोहन बस्नेत, सांगठनिक प्रस्ताव तयारी उपसमिति संयोजक महामन्क्री कञ्चनचन्द्र वादे तथा सहयोजक सहमहामन्त्री ऋषिराम घिमिरे र आगामी वर्षको कार्यत्रम (क्यालेण्डर) तयारी उपसमिति संयोजक महामन्त्री राजु श्रेष्ठ तथा सहमहामन्त्री जीवन डंगोललाई तोकिएको छ ।

बैठकले आर्थिक प्रतिवेदन तयारी उपसमितिमा कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, सम्मान उपसमिति सहमहामन्त्री ऋषिराम घिमिरे, खाना व्यवस्थापन उपसमिति सहमहामन्त्री हरिशरण श्रेष्ठ, स्वागत उपसमिति सहमहामन्त्री जीवन डंगोल, प्रचारप्रसार उपसमिति प्रवक्ता तिलक रुवाली, शुभकामना प्रायोजन तथा रजिष्ट्रेसन उपसमिति निमा लामा, निमन्त्रणा उपसमिति दीपेन्द्र आचार्यलाई जिम्मेवारी तोकेको छ ।

सम्मेलनपश्चात् प्रतिवेदन तयारी उपसमितिमा उज्ज्वलराम घिमिरे, हल, मञ्च, स्वागत गेट र व्यवस्थापन उपसमितिमा कोकि अस्तानी मगर, स्वास्थ्य शिविर डा. अमितसिं कार्की, सांस्कृतिक कार्यक्रम धनकुमारी थापा सरु, स्वयम्सेवक परिचालन फ्रज्वल दवाडी र रक्तदान कार्यक्रम संयोजकमा कुमार दुलाललाई तोकेको र संयोजकहरुले आवश्यकताअनुसार प्रदेश कार्यालयमा जानकारी दिइ सदस्यहरू थप्न सक्ने जनाइएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा केन्द्रीय पदाधिकारीहरू र सातै प्रदेशका प्रदेश सभापतिहरुको समुपस्थितिमा सम्मेलन हुने जनाइएको छ ।

प्रकाशित : मंसिर १४, २०८० १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×