कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भूकम्पपीडितका लागि देउसीभैलोबाट संकलित रकम प्रधानमन्त्रीलाई हस्तान्तरण

ज्योती श्रेष्ठ

काभ्रे — भूकम्पपीडितहरूका लागि देउसीभैलोबाट संकलित रकम प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरिएको छ ।

भूकम्पपीडितका लागि देउसीभैलोबाट संकलित रकम प्रधानमन्त्रीलाई हस्तान्तरण

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४, मेथिनकोटस्थित जनक माध्यमिक विद्यालय, जनक क्याम्पस, पतञ्जली योग समिति र जेसिजको आयोजनामा सञ्चालन गरिएको देउसीभैलो कार्यक्रमबाट संकलित १६ लाख २५ हजार ३६० रुपैयाँमध्येबाट ७ लाख नगद र ७५० सेट न्यानो कपडा (ज्याकेट र टोपी) प्रधानमन्त्री दाहाल समक्ष सोमबार हस्तान्तरण गरिएको हो ।

विद्यालय र संघसंस्था मिलेर नमुना र प्रशंसनीय कार्य गरी भावनात्मक समवेदना बुझेकोमा विद्यार्थी, आयोजक र स्थानीय समुदायलाई प्रधानमन्त्री दाहालले धन्यवाद ज्ञापन व्यक्त गरे ।

गत कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रका ७५० जना विद्यार्थीहरुलाई सो सहयोग पुर्‍याउने व्यवस्था मिलाइएको जनक माध्यमिक विद्यालयका संयोजक हरिहर अधिकारीले जानकारी दिए ।

भूकम्पपीडितहरूका सहयोगार्थका लागि कात्तिक २७ र २८ गते नमोबुद्धको भकुन्डेकैसीमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रकाशित : मंसिर १२, २०८० ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×