कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

धुलिखेलको बानिँयाछापमा आगलागी, जलेर एक घर नष्ट 

ज्योती श्रेष्ठ

काभ्रे — काभ्रेको धुलिखेल नगरपालिक वडा नम्बर–११ स्थित बानियाँछापका स्थानीय  बलराम धितालको घरमा मंगलबार बिहान आगलागी  भएको छ ।

धुलिखेलको बानिँयाछापमा आगलागी, जलेर एक घर नष्ट 

ढुंगा माटो र जस्ताले छाएको ३ तले घरमा मंगलबार बिहान ४ बजे भएको आगलागीमा कुनै पनि मानवीय तथा चौपायाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बिहान ४ बजेदेखि उक्त घरमा लागेको आगो धुलिखेल नगरपालिकाको दमकल, सुरक्षाकर्मी, स्थानीय र जनप्रतिनिधिको सहयोगमा बिहान ६:५० बजे पूर्ण रुपमा निभाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार आगलागीबाट पिठो पिस्ने मिल, हाते ट्याक्टर, भाँडाकुँडा र अन्न गरी करिब ९ लाख रुपैयाँबराबरको क्षति भएको छ ।


प्रकाशित : मंसिर १२, २०८० ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×