कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

शिर मेमोरियलमा क्यान्सर रोगको उपचार सेवा

ज्योती श्रेष्ठ

काभ्रे — काभ्रेको बनेपा नगरपालिका-५ मा रहेको शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालले क्यान्सर रोगको उपचार सुरु गरेको छ ।

शिर मेमोरियलमा क्यान्सर रोगको उपचार सेवा

आइतबार एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले अस्तपालमा क्यान्सर रोग उपचार सेवा शुभारम्भ गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख गौतमले क्यान्सर रोगको उपचार अब बनेपाबाटै शुभारम्भ भइसकेकोले काभ्रे र आसपासका जिल्लाका बिरामीले लाभ लिन सक्ने बताए । अस्पतालले सुरु गरेको क्यान्सर रोगको उपचारलाई गुणस्तरीय बनाउन आफूले सहयोग, सहकार्य र समन्वय गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गाइरस, बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य लगायतले उपचार सेवा गुणस्तरीय र प्रभावकारी बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

अस्पतालको क्यान्सर केयरका विभागीय प्रमुख डा. पुष्प खर्बुजाका अनुसार दुई महिनाको अवधिमा अस्पतालले ६ जना क्यान्सरका बिरामीको सफल उपचार गरिसकेको छ ।

प्रकाशित : मंसिर १०, २०८० २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×