कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

काभ्रेमा कौडा खेलिरहेको अवस्थामा ४ जना पक्राउ

ज्योती श्रेष्ठ

काभ्रे — कौडा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय काभ्रेले ४ जनालाई पक्राउ गरेको छ । काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर–८ स्थित भुम्लुटारमा मंसिर ७ गते राति ९ः१५ बजे कौडा खेलिरहेको अवस्थामा ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । 

गोप्य सूचनाका आधारमा प्रहरी चौकी दोलालघाट र प्रहरी चौकी सल्ले भुम्लु काभ्रेबाट खटिएको टोलिले उक्त स्थानबाट ७९ हजार ४ सय ७५ रुपैयाँ र १ सेट कौडा बरामद गर्नुको साथै ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित : मंसिर ८, २०८० ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×