सालनालसहितको शिशु झाडीमा भेटियो

हेटौंडा — हेटौंडा उपमहानगरपालिका- ४ मा सालनाल सहितको शिशु (छोरी) फेला परेको छ । बिहीबार साँझ हेटौडा–४ हुप्रचौरस्थित प्रदेश लोकसेवा आयोग नजिक बाटो छेउको झाडीमा सालनाल सहितको शिशु फेला परेको हो ।
स्थानीयले बच्चा रोएको आवाज सुनेर हेर्दा भर्खरै जन्मेको सालनालसहितको शिशु फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । शिशुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीहरुले वताएका छन । नवजात शिशुलाई झाडीमा फाल्नेको खोजी गरिरहेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।