नेपाल संवत्का अवसरमा हेटौंडामा र्याली

हेटौंडा — नेपाल संवत् ११४४ का अवसरमा मंगलबार धिमे बाजासहित हेटौंडामा र्याली निकालिएको छ । नेवाः सांस्कृतिक पुचः हेटौंडाले नेपाल संवत्का अवसरमा बजारमा र्यालीसहित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा हेटौंडाकी मेयर मीनाकुमारी लामासमेत उपस्थित थिइन् । हेटौंडा उपमहानगरपालिका—१ भिन्तुना पथबाट निस्केको शुभकामना र्याली नगरका विभिन्न परिक्रममा गरेको थियो ।