कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : हेटौंडामा ९५ जना ज्येष्ठ नागरिकलाई सम्मान 

प्रताप विष्ट

हेटौंडा — ३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हेटौंडामा ९५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाद्वारा पालिका भित्रका १९ वटा वडाका ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : हेटौंडामा ९५ जना ज्येष्ठ नागरिकलाई सम्मान 

६० वर्षदेखि १ सय १२ वर्षसम्मका जेष्ठ नागरिकलाई सम्मान गरेको उपमहानगरपालिकाले जनाएको छ ।

कार्यक्रममा प्रत्येक वडाका गरिब तथा विपन्न ५/५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले सम्मानस्वरुप एक थान कम्बल, एउटा लौरो र मोबाईल फोन प्रदान गरेकी थिइन् ।

कार्यक्रममा उपमहानगरपालिको सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले ज्येष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित गर्न वडा–वडामा ज्येष्ठ नागरिक मञ्च गठन गरिएको जानकारी गराएकी थिइन् । सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।




प्रकाशित : आश्विन १४, २०८० १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×