कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बलात्कार आरोपमा १५ वर्षीय किशोर पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको उमाकुण्ड गाउँपालिकास्थित ६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा गत भदौ २३ गते महिलामाथि जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका किशोरलाई रामेछाप जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको बाल निगरानी कक्षमा राखिएको छ ।

यसैबीच, उमाकुण्ड गाउँपालिकाकै कुभुकास्थलीका ४७ वर्षीय दिलबहादुर कार्की पनि जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।

प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार उमाकुण्ड ५ प्रितीको उरमाखु पाल्टारकी २८ वर्षीया महिलालाई असोज ४ गते जबर्जस्ती करणी गरेको पीडितको जाहेरी परेपछि कार्कीलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित : आश्विन ८, २०८० १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×