कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

तरकारीको ठेलागाडामा बेवारिसे शव भेटियो

ज्योती श्रेष्ठ

काभ्रे — काभ्रेको बनेपा नगरपालिका वडा नं ८ स्थित बसपार्कमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार शुक्रबार दिउँसो ४ बजे बनेपा बसपार्कमा स्थानीयले एक पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तरकारीको ठेलागाडामा सुतेको अवस्थामा अन्दाजी ३० वर्षीय पुरुषको शव भेटिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनका अनुसार शवको पहिचान भने खुल्न सकेको छैन ।

शव पोस्टमार्टमका लागि जिल्लास्थित धुलिखेल अस्पतालमा राखिएको छ ।

प्रकाशित : आश्विन ५, २०८० २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×