२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

संविधान दिवसको पूर्वसन्ध्यामा काभ्रेमा दिप प्रज्वलन

ज्योती श्रेष्ठ

काभ्रे — नवौं संविधान दिवसको पूर्वसन्ध्यामा काभ्रेमा दिप प्रज्वलन गरिएको छ । संविधान दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला समन्वय समितिको प्रांगणमा मंगलबार साँझ दिप प्रज्वलन कार्यक्रम गरिएको हो । 

संविधान दिवसको पूर्वसन्ध्यामा काभ्रेमा दिप प्रज्वलन

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले सहिदहरुको योगदानले निर्माण भएको संविधानको पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मौलिक अधिकारका विषय संविधानमा ग्यारेन्टी गरिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको र संविधान पूर्णरुपमा कार्यान्वयन गर्ने दायित्व तीन तहकै सरकार, नागरिक, राष्ट्रसेवक कर्मचारी सबैको भएको बताए ।

जनताले लडेर ल्याएको संविधान कार्यान्वयन नहुने हो भने जनतालाई अपराध गरेको ठहरिने राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेको उपाध्यक्ष पुण्यवती घिमिरेले बताइन् । त्यस्तै, संविधान पूर्णरुपमा कार्यान्वयन गराउन सञ्चारजगत प्रतिबद्ध रहेको नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमिल्सिनाले बताए ।

संविधान दिवस मूल समारोह समितिकी अध्यक्ष प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संविधानसभा निर्वाचनमार्फत संविधान बनाउने कुरामा जीवन आहुति दिनेहरुप्रति श्रद्धा–सुमन व्यक्त गर्नुको साथै घाइतेहरुप्रति घीघ्र स्वास्थ्यलाभको कामना, बेपत्ता नागरिकहरुप्रति सम्झना गर्दै संविधान कार्यान्वयन गर्ने कुरामा प्रतिबद्धता व्यक्त गरिन् ।

यस्तै काभ्रेको बनेपा नगरपालिका-५ मा रहेको चण्डेश्वरी मन्दिर र पाँचखाल नगरपालिका-९ मा रहेको पलाञ्चोक भगवती मन्दिरमा सरसफाइ कार्यक्रम गरिएको थियो ।


प्रकाशित : आश्विन २, २०८० २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी स्थापनाकालदेखि निरन्तर अध्यक्ष रहेका जसपा नेपालका उपेन्द्र यादव महाधिवेशनबाट फेरि आफैं नेतृत्वमा आएका छन् । पटक-पटक एउटै व्यक्ति नेतृत्वमा रहिरहनुलाई के भन्नुहुन्छ ?