कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

नारायणगढ–मुग्लिन सडक मध्याह्नपछि एकतर्फी खुल्न सक्ने

रमेशकुमार पौडेल

चितवन — पहिरो झरेका कारण सोमबार साँझ ८ बजेदेखि ठप्प भएको नारायणगढ–मुग्लिन सडक आज मंगलबार मध्याह्नपछि एकतर्फी रूपमा खुल्न सक्ने भरतपुरको डिभिजन सडक कार्यालयले जनाएको छ । त्यसैले वैकल्पिक बाटो अपनाउन कार्यालयले अनुरोध गरेको छ ।

नारायणगढ–मुग्लिन सडक मध्याह्नपछि एकतर्फी खुल्न सक्ने

नारायणगढ–मुग्लिन सडकको इच्छाकामना–६ नान्सी पुल नजिक ठूलो पहिरो खसेपछि दुईतर्फी रूपमा नै बाटो अवरूद्ध छ । सडक कार्यालयको दुईवटा मेसिनले नारायणगढ तर्फबाट र मुग्लिन तर्फबाट निर्माण व्यावसायीको एउटा एक्स्काभेटरले पहिरो सफा गरिरहेको कार्यालयले जनाएको छ ।

थप पहिरो नआए मध्याह्नसम्म एकतर्फी रूपमा बाटो खोल्न सकिने कार्यालयका अधिकारीहरूले बताएका छन् ।

प्रकाशित : भाद्र ५, २०८० ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?