कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एक भारतीयसहित ६ जना लागूऔषध कारोबारी पक्राउ

सुवास विडारी

मकवानपुर — मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजा कारोबारमा संलग्न एक भारतीयसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले वाग्मती प्रदेशको राजधानी हेटौंडा–१५, रातोमाटेबाट १ सय ४३ केजी गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

एक भारतीयसहित ६ जना लागूऔषध कारोबारी पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले डीएल १ जीसी ३०३५ नम्बरको डिब्बा ट्रकका चालक र डीएल १२ सीए ०५७८ नम्बरको स्कोरपियोमा सवार ५ जना गरी ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डीएल १ जीसी ३०३५ नम्बरको इन्डियन ट्रक चालक देश भारतको मोतिहारी जिल्ला गोविन्द बाराका ६५ वर्षीय लालबहादुर सहनी, डीएल १२ सीए ०५७८ नम्बरको स्कोरपियोमा सवार पर्साको वीरगन्ज महानगरपालिका १३ बस्ने २५ वर्षीय सन्तोष गुप्ता, बाराको विश्रामपुर गाउँपालिका ४ का २४ वर्षीय सुरज साह, २१ वर्षीय गौतमकुमार साह, पर्साको छिपहरमाई गाउँपालिका ३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ वर्षीय रमेश यादवलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १९, २०८० १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×