कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहचालक मृत्यु प्रकरण : चरिकोट–सिँगटी सडक अवरूद्व

केदार शिवाकोटी

दोलखा — यात्रुबाहक बसमा मृत फेला परेका सहचालकका आफन्तले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आइतबार बिहानैदेखि चरिकोट–सिँगटी सडक अवरूद्व पारेका छन् ।

सहचालक मृत्यु प्रकरण : चरिकोट–सिँगटी सडक अवरूद्व

कालिञ्चोक गाउँपालिका– ४ को दोलखा सिँगटी सडक खण्डको बञ्चरेमा बा २ ख ८३९ नम्बरको बसका सहचालक गौरीशंकर गाउँपालिका– ३ महताराका ४५ वर्षीय नारायणबहादुर खत्री मृत अवस्थामा असार १५ गते बिहान मृत फेला परेका थिए ।

मृतकका आफन्तले ३ दिनदेखि शव समेत बुझेका छैनन् । पार्किङमा रहेको बसमा मृतक फेला परेका सहचालकको टाउको र शरीरमा चोटपटक देखिएपछि बसका चालक र कर्मचारी ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले सहचालकको हत्या भएको भन्दै छानबिन र उचित क्षतिपूर्तिको माग गरेर सडकमा टायर बालेर प्रदर्शन गर्नुका साथै सिँगटी चरिकोट सडक अवरुद्ध पारेका छन् । मृतक सहचालकका आफन्तले शव नबुझेपछि ३ दिनदखि पशुपति चौलागाईं स्मृति अस्पतालमा राखिएको छ । सडक अवरुद्ध भएपछि दोलखाको उत्तरी क्षेत्रको यातायात प्रभावित बनेको छ ।

प्रकाशित : असार १७, २०८० १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?