दोलखामा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

केदार शिवाकोटी

दोलखा — भीमेश्वर नगरपालिका–६ चोथाङमा ट्रकको ठक्करबाट शनिबार बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा काभ्रेपलानञ्चोक महाभारत गाउँपालिका–८ घर भइ भीमेश्वर नगरपालिका–६ बस्ने अन्दाजी २० वर्षीय राजु मगर रहेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंतर्फ गइरहेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरीत दिशातर्फबाट आइरहेको बा ९४ प ३२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार धनुषाका अभिषेक शाह गम्भीर घाइते भएका छन् । उनको च्छो रोल्पा अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १८, २०७९ १०:११
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्रीसँग मिटरब्याजपीडितको छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका छन् । शनिबार बिहानै उनीहरु आफ्ना माग पूरा गर्न नारा लगाउँदै बालुवाटार प्रवेश गरेका हुन् ।

मिटरब्याज पीडित र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको छलफल अहिले बालुवाटारमा भइरहेको छ । उनीहरूले केही दिनयता प्रधानमन्त्रीलाई भेट्न खोजे पनि पाएका थिएनन् ।

प्रधानमन्त्री दाहालले शुक्रबार साँझ नै भेट गर्ने भनेपनि प्रधानमन्त्रीको कार्य व्यस्तताले सफल भएको थिएन । यसअघि पनि मिटरब्याज पीडितहरुले सरकारी टोलीसँग दुईपटक वार्ता गरिसकेका छन् । तर सहमति भएको छैन । आज बिहानै उनीहरुले पीडितलाई न्याय दे, मिटरब्याजीलाई कारबाही गर् जस्ता नारा लगाएर बालुवाटार पुगेका थिए ।

प्रकाशित : चैत्र १८, २०७९ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×