वाग्मती सरकारको प्रवक्तामा कानुनमन्त्री गंगा श्रेष्ठ

मकवानपुर — वाग्मती प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठलाई प्रवक्तामा तोकेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यस्तै प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्रा. डा. नरविक्रम थापालाई नियुक्त गरिएको छ ।
मन्त्री श्रेष्ठका अनुसार आगामी वैशाख १ गतेबाट प्रदेश सरकार मातहतका सरकारी कार्यालयहरुमा विद्युतीय हाजिर लागू गरिने र न्वागी र लदी पर्वको अवसरमा समुदायगत रुपमा बिदा दिने निर्णय बैठकले गरेको छ ।
प्रकाशित : चैत्र १५, २०७९ २०:०४