कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेताली हत्या प्रकरण अनुसन्धानका लागि एक पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — सोमबार साँझ रामेछापको गोकुलगंगा ४ बतालीका ८० वर्षीय शमशेरबहादुर थापामगरको हत्यामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्ने व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन ।

सोमबार साँझ थापामगरलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएर अज्ञात व्यक्ति फरार भएको बताइएको थियो । घाइते थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाममा रहेको मन्थली अस्पताल पुर्‍याइए पनि राति अबेर अस्पतालले उनको मृत्यु घोषणा गरेको थियो ।

यसैबीच घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुली सदरमुकामबाट मंगलबार अपराह्न बेताली गएका छन् ।

मन्थली अस्पतालमा रहेको थापामगरको शवको पोष्टमार्टम भने भएको छैन । परिवारका सदस्यहरु अस्पताल पुगेकाले अब पोष्टमार्टम लगायतको प्रक्रिया अघि बढाइने पराजुलीले बताएका छन् ।

करिब २ महिनाअघि बेतालीमै ७२ वर्षीया पदममाया खड्काको अज्ञात समूहले हत्या गरी आगो लगाइदिएको घटना सार्वजनिक भएको थियो । उक्त घाटनाको हालसम्म अनुसन्धान सकिएको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो समेतले बेतालीमा पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : चैत्र १४, २०७९ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?