कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

वाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने

काठमाडौँ — नेपाली कांग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री जम्कट्टेलले बुधबार विश्वासको मत लिने तयारी गरेका थिए । तर कांग्रेसले निर्णय गर्न ढिला गरेका कारण बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ ।

वाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने

बुधबार काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए । 'गठबन्धनमा भएका सबै दलहरु मिलेर जाने सहमति छ । त्यहीअनुसार हामीले अहिले मुख्यमन्त्रीजीलाई विश्वासको मत दिन्छौं,' उनले भने, 'तर मुख्यमन्त्रीमा हाम्रो पनि दाबी रहन्छ ।'

सत्ता गठबन्धनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि दलहरुबीच शक्ति बाँडफाँटको विषय टुंगिएको छैन । मुख्यमन्त्री पाँचै वर्ष माओवादीले नै पाउने वा पहिले कांग्रेसले पाउने भन्ने विषयमा नेताहरुबीच विवाद हुँदा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्न ढिला गरेको हो ।

वाग्मतीमा राप्रपाले सरकार छाडेपछि संविधानको व्यवस्थाअनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्नेछ । कांग्रेस नेता काफ्लेले भने बुधबारको बैठक स्थगित भएको र अर्को बैठकमा विश्वासको मत दिइने बताए । उनकाअनुसार अर्को बैठक शुक्रबारका लागि बोलाउने तयारी छ ।

प्रकाशित : चैत्र ८, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×