दोलखामा ट्याक्टर दुर्घटना‚ १ जनाको मृत्यु- वाग्मती - कान्तिपुर समाचार

दोलखामा ट्याक्टर दुर्घटना‚ १ जनाको मृत्यु

केदार शिवाकोटी

काठमाडौँ — दोलखाको बिगु गाउँपालिका ४ लादुकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । ना ५ ख ८८७८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोमबार दिउँसो २४ वर्षीय किसान सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना २३ वर्षीय रामबहादुर नेपाली र २५ वर्षीय जीवन नेपाली र १८ वर्षीय सुरज खत्री घाइते भएका छन् । घाइते २ जनाको दोलखा धुलिखेल अस्पताल र १ जनाको सिंगटीको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ २३, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्

सञ्चार र न्यायालयमाथि कसैको धम्की कांग्रेसलाई स्वीकार्य हुँदैन : कोइराला

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथि कसैको पनि धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकामाथि र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार सञ्चार क्षेत्रमाथि दिएको टिप्पणीप्रति नेता कोइरालाले प्रतिक्रिया दिएका हुन् । 

कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता कोइरालाले उक्त प्रतिक्रिया दिएका हुन् । ओली र लामिछानेले दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै डा. कोइरालाले भने, 'स्वतन्त्र न्यायपालिका र सञ्चार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन् । यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्वीकार्य हुँदैन ।'

नेता कोइरालाले रवि लामिछानेको सांसद पद खारेज भएर रिक्त रहेको चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताए ।

प्रकाशित : माघ २३, २०७९ १७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×