कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

नदीजन्य वस्तु उत्खनन् रोक्न भन्दै वन कार्यालय घेराउ

शिव पुरी

रौतहट — बृन्दावन नगरपालिकामा नदीजन्य वस्तु उत्खनन् नरोकिएको भन्दै स्थानीयबासीले डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर घेराउ गरेका छन् ।

नदीजन्य वस्तु उत्खनन् रोक्न भन्दै वन कार्यालय घेराउ

स्थानीयबासीले वन कार्यालयका प्रमुखको कार्यकक्षमै प्रवेश गरी उत्खनन् किन नरोकेको भन्दै प्रश्न गरे, आक्रोश पोखे । उनीहरुले सोमबार दिउँसो वन कार्यालयका प्रमुखलाई कार्यालयबाट बाहिर समेत निस्किन दिएनन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नदी उत्खनन् अवैध भएको भन्दै विरोध जनाउँदै आएका छन् । सोमबार कांग्रेसका क्षेत्रीय सभापति एवम् बृन्दावनका पूर्व मेयर रामस्नेही राय यादव, माओवादी केन्द्रका मेयर प्रत्यासी रामप्रसाद पटेल, बृन्दावन नगरपालिका-२ का वडाअध्यक्ष सिकिन्द्र पटेल, वडा नं. ४ का अध्यक्ष श्याम यादव लगायत ठूलो संख्यामा स्थानीयबासीहरु वन कार्यालय पुगेका थिए ।

वन कार्यालय प्रमुख शैलेन्द्र मिश्रको कार्यकक्षमै प्रवेश गरेका उनीहरुले उत्खनन् रोक्न भन्दै दबाब दिएका थिए । वन र स्थानीय प्रशासनको मिलोमतोमा उत्खनन् भएको उनीहरुको आरोप छ । ‘आज यत्रो दिन देखि अबैध रुपमा उत्खनन् हुँदा वन कार्यालय चुप बसेको छ,‘ कांग्रेसका क्षेत्रीय सभापति यादवले भने, ‘मिलोमतो नभएको भए तत्कालै रोक्न सक्थ्यो । वनले उत्खनन् नरोकेसम्म वन कार्यालय घेरेर बस्छौँ ।’

नगरप्रमुख बिनोदप्रसाद पटेलले अमानतमा उत्खनन् गर्न थालेपछि स्थानीयले रोक्न खोजेका हुन् । यस क्रममा पटक/पटक झडपको अवस्था उत्पन्न भएको छ । वन कार्यालयका प्रमुख मिश्रले भने बृन्दावनको उत्खनन् रोक्न टोली पठाइसकिएको बताए । आइतबार साँझ मात्रै नदीमा उत्खनन् गरिएको भन्दै स्थानीयबासीले सो क्षेत्रमा तोडफोड गरेका थिए ।

त्यसपछि आक्रोशमा आएको अर्को समूहले बृन्दावन नगरपालिका–४ मा वडाध्यक्ष श्याम यादवको गाई फर्ममा आगजनी गरिदिएको थियो । वडाध्यक्ष यादवले स्थानीय प्रशासनको लापरबाही र उत्खनन्‌मा साक्षी बसेपछि घट्नाले उग्ररुप लिएको बताए ।

खोला उत्खनन्‌को विषयमा लामो समयदेखि जनप्रतिनिधिहरुबीच विवाद हुँदै आएको छ । नगरप्रमुख बिनोद पटेलले नियमको परिधिमा रहेर उत्खनन गरेको दाबी गर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ २८, २०८१ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×