कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा ट्रकमा आगजनी

अवधेश झा

सप्तरी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा अज्ञात समूहद्वारा शुक्रबार एउटा ट्रकमा आगजनी गरिएको छ । गिट्टी बोकेर पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७६२९ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो ।

सप्तरीमा ट्रकमा आगजनी

आगजनीका कारण ट्रकको अगाडिको भाग जलेको छ । ट्रकमा लगाइएको आगो निभाउन वारुणयन्त्र खटाइएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अज्ञात व्यक्तिद्वारा ट्रकमा आगजनी गरेको भन्दै ती व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीले सात बुँदे माग राखी पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेको थियो । बन्द उलङ्घन गरेको भन्दै आक्रोशित जनमतका कार्यकर्ताले आगो लगाएको बताएका छन् ।

शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलनकर्मीले जनाएका छन् । यस्तै भारदहमा एक ट्रिपर तोडफोड गरिएको छ ।

प्रकाशित : पुस १६, २०७८ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?