कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

मानव बेचबिखन तथा जबरजस्ती करणीको आरोपमा ३ जना पक्राउ

शंकर आचार्य

पर्सा — युवतीलाई प्रलोभन दिई बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगन्जबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका ४ घर भई हाल वीरगन्ज महानगरपालिका ८ स्थित एक रेस्टुरेन्टमा काम गर्ने २५ वर्षीय सुरजकुमार साह, वीरगन्ज १६ स्थित कार्की होटलकी सञ्चालिका ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) र जुम्ला हेमा गाउँपालिका ३ जोगीवडा टोल घर भई हाल वीरगन्ज-१६ फूलबारी टोलमा डेरा गरी बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी रहेका छन् । 

मानव बेचबिखन तथा जबरजस्ती करणीको आरोपमा ३ जना पक्राउ

साहले जेठ ५ गते काठमाडौंकी एक २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगन्ज बसपार्कस्थित एक होटलमा लगेर पटकपटक करणी गरेको उनलाई आरोप लागेको छ ।

त्यसपछि उनले जेठ ९ गते ती युवतीलाई होटल सञ्चालिका कार्कीको जिम्मा लगाई आफू फरार भएको प्रहरीले दाबी गरेको छ ।

प्रहरीका अनुसार कार्कीले जेठ १० गते योगीले विवाह गर्छ भनी झुक्याएर ती युवतीलाई योगीको जिम्मा लगाएकी थिइन् भने योगीले युवतीलाई आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरी कोठा बाहिर निस्कन नदिई राखेका थिए ।

शनिबार राति ९ बजेतिर ती युवती योगीको कोठाबाट भागेर आफन्तको सम्पर्कमा आएकी थिइन् । आइतबार घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएका विभिन्न टोलीले वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानबाट तीनै जनालाई पक्राउ गरेको थियो । आरोपितहरूलाई जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १६, २०७९ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?