कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीय सरकारले नै संघीयता धरापमा पार्दैछ : मुख्य न्यायाधिवक्ता ठाकुर

अवधेशकुमार झा

राजविराज — मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले संघीय सरकार नै संघीयता धरापमा पार्ने कार्यमा लागिरहेको आरोप लगाएका छन् ।

संघीय सरकारले नै संघीयता धरापमा पार्दैछ : मुख्य न्यायाधिवक्ता ठाकुर

प्रदेशलाई अधिकार हस्तान्तरण गर्न संघीय सरकारले नचाहिरहेको भन्दै उनले अधिकार हस्तान्तरण नहुँदा संघीयता विरोधीहरुको गतिविधिमा संघीय सरकारको सहयोग भएजस्तो देखिएको बताए ।

सप्तरीको राजविराजमा आइतबार आयोजित 'समुदायमा मुख्य न्यायाधिवक्ता' संवाद कार्यक्रममा ठाकुरले भने, ‘संविधान प्रदत्त अधिकारसमेत प्रदेश तहमा हस्तान्तरण नहुँदा प्रदेशमा कामकाज गर्न समस्या भइरहेको छ, संघीयतालाई अगाडि बढाउनु छ भने प्रदेशलाई अधिकार समपन्न बनाउनुपर्छ, अहिले संविधानमै भएका अधिकार पनि तत्काल हस्तान्तरण गर्नुपर्छ ।’

प्रदेश सरकारका मुख्यसचिव र सचिवहरु सरुवा भएकोमा आपत्ति जनाउँदै उनले कर्मचारीलाई काम गर्न नदिइएको बताए । 'ब्युरोक्रेसीलाई फुटबलजस्तो खेलाइरहेको अवस्था छ, यसरी कहाँ सोचे अनुसार प्रतिफल आउँछ र ?’ ठाकुरले बताए ।

यस्तै कर्मचारी अभावमा प्रदेश मुख्य न्यायाधिवक्ता कार्यालयले गर्नुपर्ने कामहरु पनि समस्यामा पर्ने गरेको उनको भनाइ थियो । साथै प्रदेश तहमा आवश्यक कानुनहरु समेत निर्माण गर्न नसकिएकोमा उनले असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रकाशित : असार १७, २०८० १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?