कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हुन्डी कारोबारको आरोपमा नगदसहित भारतीय नागरिक पक्राउ 

शंकर आचार्य

पर्सा — प्रहरीले एक भारतीय नागरिकलाई हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा नगदसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना गुर्वालिया कचहरी वडा नं ४ बस्ने ४१ वर्षीय सञ्जय राम छन् । 

हुन्डी कारोबारको आरोपमा नगदसहित भारतीय नागरिक पक्राउ 

रामलाई वीरगन्ज–१६ स्थित इनर्वा प्रहरी चौकीको चेकिङ टोलीले नेपाल–भारत सीमास्थित शंकराचार्य गेटमा बुधबार साँझ करिब ६ बजे पक्राउ गरेको हो । भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा रामले प्लास्टिकको झोलाभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको ९ लाख ५० हजार रुपैयाँ बरामद भएको थियो ।

रामलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १३, २०७९ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?