कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१५० किलो गाँजा बरामद

भूषण यादव

वीरगन्ज — सशस्त्र प्रहरीको स्कवाड टोलीले पर्साको पोखरियाबाट एक सय ५० केजी लागू औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल प्रदेश २ छिन्नमस्ताको टोलीले सोमबार साँझ करिब ६ बजे बा ५ च ६५५३ नम्बरको पिकअप गाडीबाट गाँजा बरामद गरेको सशस्त्र प्रहरी १३ नम्बर गणका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए ।

१५० किलो गाँजा बरामद

डीएसपी बस्नेतका अनुसार वीरगन्जबाट भिस्वातर्फ जाँदै गरेको गाडीलाई सशस्त्र प्रहरीले पाखरिया– ३ मा रोक्न खोज्दा चालक भागेका थिए ।गाडी चेक गर्दा १५ पोका गाँजा बरामद भएको हो ।

‘विशेष सूचनाको आधारमा १५० केजी गाँजा बरामद भएको छ,’ सशस्त्रका डीएसपी बस्नेतले भने, ‘वीरगन्जबाट सीमावर्ती गाउँतर्फ गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरीको स्क्वाड टोलीले चेक गरेको थियो ।’


प्रकाशित : पुस १२, २०७८ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?