कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्रोत नखुलेको १६ लाखसहित भारतीय नागरिक पक्राउ

लक्ष्मी साह

बारा — स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक शुक्रबार पक्राउ परेका छन् ।

स्रोत नखुलेको १६ लाखसहित भारतीय नागरिक पक्राउ

कलैया उपमहानगरपालिका–१० दसगजास्थित मटिअर्वा गाउँबाट भारतको बिहार मोतिहारी जिल्ला बेलदर्वाका वडा ५ का रंजेश कुसवाहालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसारको कसुरमा मुद्दा दर्ता गरी हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

बीआर–२२–ऐन–५०१४ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । कुसवाहको साथबाट १ हजार दरका १३ सय र ५ सय दरका ६ सय थान गरी १६ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले बताएको छ ।

उक्त रकम हेल्मेट र पाइन्टमा लुकाएको अवस्थामा बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । उक्त रकम हुण्डीको हुनसक्ने भन्दै अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

बैंकलाई छलेर हातहाती नगद कारोबार गर्नेलाई स्थानीय भाषामा हुण्डी कारोबारी भनिन्छ । ‘भारतबाट नेपाल आउने क्रममा बाटोमा प्रहरीले जाँच गरी बरामद रकमबारे सोधपुछ गर्दा स्रोत खुलाउन सकेनन्, त्यसैले हिरासतमा राखेर अनुसन्धान गर्दैछौं,’ प्रहरी नायब उपरीक्षक थापाले भने, ‘हुण्डी कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

प्रकाशित : पुस ९, २०७८ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?