कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिर्पट प्रहारबाट पतिको मृत्यु

भरत जर्घामगर

सिरहा — सिरहाको धनगढीमाई नगरपालिका-१४ स्थित एक महिलाले दाउराको चिर्पट प्रहार गर्दा उनका पतिको मृत्यु भएको छ ।

शुक्रबार मदिराले मातेर भएको झगडाको क्रममा धनगढीमाई-१४ की ३६ वर्षीया हर्कमाया विश्वकर्माले हानेको चिर्पटले ४० वर्षीय पति टेकबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

पति -पत्नी दुवैजना मदिराले मातेर झगडा गरेका थिए । दाउराको चिर्पटले हान्दा घाइते भएका टेकबहादुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रहरीले घरमै पुगेर श्रीमतीलाई नियन्त्रणमा लिएको र शव पोष्टमार्टमका लागि राउ स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । विश्वकर्मा दम्पती एक छोरा र एक छोरीसहित गाउँमै मजदुरी गरी गुजारा चलाउँथे ।

प्रकाशित : पुस ९, २०७८ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?