एक महिनाअघि मालपोत कार्यालय लहानमा कुकर बम विस्फोट भयो । चैत १ गते भएको विस्फोटमा परी ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइत समूहले लिएको थियो । घटनामा संलग्नको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गर्यो ।
सुनसरीको दुहबीबाट गत चैत २४ गते स्याङ्जाको वालिङका लागि खानेतेल बोकेर हिँडेको ट्रक प्रहरीले धनुषाको ढल्केबरमा मंगलबार बेवारिसे अवस्थामा फेला पारेको छ ।
लहान–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका प्रदीप विश्वकर्माको हत्या र लुटपाटको घटना सेलाउन नपाउँदै फेरि लहान–७ का अर्का एक सुनचाँदी व्यवसायीको घरमा डकैती भएको छ ।
हतियारधारी समूहको आक्रमणबाट गएराति सिरहाको गढिया चौकका एक सुनचाँदी व्यवसायीको हत्या भएको छ । पसल लुट्न आएका ६/७ जनाको समूहले व्यवसायीको हत्या गरेको प्रहरीले जनाएको छ ।
सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यू गिरि छन् ।
धनगढीमाई नगरपालिका–११ की रेखा सदा मुसहरको १४ वर्षको उमेरमै विवाह भयो । भर्खर २० वर्ष टेकेकी उनी कानुनी रूपमा बिहे गर्ने उमेरमा तीन छोराछोरीकी आमा बनिसकेकी छन् । गर्भमा चौथो सन्तान छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र मुलुकमा शान्ति स्थापना गर्न आफू नेतृत्वको सरकार संसद् विघटन गरेर नयाँ जनमत लिने प्रक्रियामा अगाडि हिँडेको दाबी गरेका छन् ।