कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छिमेकीलाई असर पर्ने गतिविधिमा नेपाल समावेश हुँदैन : नेपाल

शिव पुरी

रौतहट — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुुमार नेपालले एमसीसीका सबालमा कुनै किसिमको सैनिक गठबन्धनमा नेपाली सहभागी नहुने र सुरक्षा रणनीतिको कुनै पनि क्पाम्पमा नेपालमा समावेश नहुने बताएका छन् ।

छिमेकीलाई असर पर्ने गतिविधिमा नेपाल समावेश हुँदैन : नेपाल

‘छिमेकी देशलाई असर पर्ने गतिविधिमा नेपाल सहभागी हुँदैन र नेपालले यस्तो काम गर्दैन अनि यो स्विकार्य पनि हुँदैन,' उनले थपे ।

गृह जिल्ला रौतहट आएका अध्यक्ष नेपालले वृन्दावन नगरपालिका–५ नरकटीयामा रहेको नवनिर्मित स्वास्थ्य चौकीको भवन उद्घाटन कार्यक्रममा बोल्दै एमसीसीबारे कार्यकर्तालाई बुझाउँदै भारत, चीन जस्ता छिमेकी देशलाई चित्त बुझाएर मात्र एमसीसी अगाडी बढाउने वा नबढाउने भन्ने निर्णय लिने बताए । ‘छिमेकी भारत,चीन र,अमेरिका र यूरोप जस्ता देशलाई चित्त बुझोस,’उनले भने,‘सबै भन्दा पहिले नेपालीलाई चित्त बुझ्नु पर्छ अनि मात्र एमसीसी अघि बढ्छ । यही बिषयमा गठबन्धन भित्र छलफल जारी छ ।’ एमसीसी बारे झमेला पार्ने काम तत्कालीन केपी ओली सरकारले गरेको आरेप लगाए ।

कार्यक्रममा अध्यक्ष नेपालले तत्कालीन केपी ओली सरकारले सल्लाह सुझावबिनै एमसीसीका नयाँ बुँदाको प्रस्तावमा हस्ताक्षर गरेर बिबादमा पारेकाले अहिलेको सरकारलाई समस्या भएको जिकिर गरे । ओली प्रधानमन्त्री हुँदा कसैसँग सल्लाह नगरी एमसीसी सम्झौतामा जथाभावी बुँदाहरु राखेर हस्ताक्षर गरेको आरोप लगाउँदै अहिले सरकार बाहिर बसेर तमासा हेरिरहेको अध्यक्ष नेपालले बताए ।

‘सरकारमा छँदा एमसीसी बारे के-के गरे । कुन -कुन प्रस्तावमा सही गरे भन्ने स्पष्ट छ,‘उनले भने,‘बिगार्ने एउटाले अनि समस्या हामीलाई परेको छ । उनी त सरकारबाट हटे, सरकारमा त हामी हामी छौँ । ओली यतिखेर बाहिर बसेर तमासा हेरिरहेका छन् ।’

उनले नेपाली जनतालाई खुशी पारेर मात्र पाँच दलीय गठबन्धनको सहमतिमा एमसीसीको बारे निर्णय लिइने बताए । अध्यक्ष नेपालले भने,‘ एमसीसीका प्रतिनिधिहरुसँग भेटेर नेपाल कुनैपनि किसिमको सैनिक गठबन्धन, सुरक्षा रणनीतिमा सहभागी नहुने स्पष्ट पारेको छु ।’

नेपालको भूमि कुनैपनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्न नदिइने र एमसीसीबारे गठबन्धनमा छलफल भइरहेको जिकिर गरे । ‘नेपालको जमिन, विकास, रोजगारमा हाम्रो अधिकार हुनुपर्छ । यसमा कुनै हस्तक्षेप हुनुहुँदैन,’कार्यक्रममा उनले थपे ।

उनले भारत, चीन, अमेरिका, युरोप सबैको चित्त बुझ्ने गरी सम्झौता हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरुलाई सूर्यमा ग्रहण लागेको र अब बिर्सन आग्रह गरे । सूर्य बिर्सेर कलम याद गर्न कार्यकर्ता सित अनुरोध गरे ।

प्रकाशित : पुस ७, २०७८ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?