१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

कांग्रेस प्रदेश अधिवेशनले जनकपुरमा चहलपहल

सन्तोष सिंह

धनुषा — प्रदेश २ को कांग्रेस अधिवेशन हुने जनकपुरको गोपाल धर्मशालामा चहलपहल बढेको छ । विभिन्न जिल्लाबाट उम्मेदवार र प्रतिनिधि अधिवेशनस्थल पग्न थालेका छन् । उम्मेदवारहरु आफ्ना प्यनल बनाउँदै छन् । अधिवेशनस्थलमा प्रतिनिधिहरु नाम दर्ता गराउँदै छन् । पार्टीको सदस्यता विवादले तोकिएको मितिमा प्रदेश २ मा अधिवेशन हुन नसेपछि केन्द्रीय महाधिवेशनपछि मंगलबार प्रदेश २ मा मनोनयन दर्ता र बुधबार नेतृत्वका लागि मतदान हुँदैछ ।

कांग्रेस प्रदेश अधिवेशनले जनकपुरमा चहलपहल

प्रदेश अधिवेशनमा सहभागी हुन गृहमन्त्री बालकृष्ण खाँण सोमबार राति जनकपुर आइपुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका प्रदेश सभापति उम्मेदवार कृष्णा यादवको उम्मेदवारी दर्ता र चुनावी रणनीति बनाउन गृहमन्त्री खाँणसहित देउवा पक्षका केन्द्रीय नेताहरु जनकपुर आइपुगेका हुन् ।

प्रदेश सभापतिमा देउवा पक्षबाट रौतहट सभापति कृष्णा यादव र कांग्रेस नेता विमलेन्द्र निधि निकटका प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरेका छन् । निधि निकटका उम्मेदवार मन्त्री यादवले प्रदेशमा शेखर कोइरालासँग सहकार्य गरी प्यानल बनाउँदै छ ।

शेखर कोइरालाले निवर्तमान केन्द्रीय सदस्य गुरुराज घिमिरेको संयोजकत्वमा युवा नेता भूपेन्द्रजंग शाही, रामकृष्ण यादव र तेजुलाल चौधरीलाई प्रदेश २ निर्वाचनका लागि जनकपुरधाममा खटाएका छन् ।

सभापति शेरबहादुर देउवा पक्षधर उम्मेदवार रौतहटका कृष्णा यादवलाई सघाउन कांग्रेसका केन्द्रीय सदस्यमा निर्वाचित गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा उदयशमशेर राणा, रामहरि खतिवडा, चित्रलेखा यादवसहितको टोली जनकपुर आएको छ । केन्द्रीय सदस्य रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना जनकपुरमै बसेर समूहको चुनावी रणनीति बनाउँदै छन् ।

प्रकाशित : पुस ६, २०७८ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?