कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

कृषि विश्वविद्यालयको उपकुलपतिमा महतो

जनकपुर — प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरेको छ । प्रदेश सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापनाका लागि अध्यादेशमार्फत विधेयक ल्याएको थियो ।

कृषि विश्वविद्यालयको उपकुलपतिमा महतो

मुख्यमन्त्री लालबाबु राउतले महतोलाई मंगलबार नियुक्त गरेका हुन् । सिरहाको मिर्चैया नगरपालिका २ का उपकुलपति महतो यसअघि प्रदेश २ कै नीति तथा योजना आयोगका सदस्य थिए ।

प्रदेश सरकारको महत्त्वाकांक्षी योजना रहेको कृषि विश्वविद्यालयको स्थापना तथा सञ्चालनको लागि उनलाई नियुक्त गरिएको हो ।

प्रकाशित : मंसिर २२, २०७८ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?