कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवाह महोत्सवको तयारीमा जनकपुर

महिनादेखि फोहोर उठेन, दुर्गन्ध बढ्दा महोत्सव प्रभावित हुने जोखिम

जनकपुर — देश–विदेशका हजारौं श्रद्धालु सहभागी हुने रामजानकी विवाह महोत्सव आगामी शुक्रबारदेखि सुरु हुँदै छ । मूल कार्यक्रम भने मंसिर २२ मा हुनेछ । जानकी मन्दिरले सार्वजनिक गरेको वैवाहिक कार्यक्रमअनुसार शुक्रबार जनकपुरधाम नगरदर्शन, शनिबार फूलबारी लीला, आइतबार धनुषयज्ञ, सोमबार तिलकोत्सव, मंगलबार मटकोर, बुधबार स्वयम्बर तथा शुभविवाह तथा बिहीबार रामकलेवाको आयोजना हुनेछ ।

विवाह महोत्सवको तयारीमा जनकपुर

महोत्सवमा राम जन्मभूमि भारतको अयोध्याबाट साधुसन्तहरू जन्तीको रूपमा आउँछन् । कार्यक्रम जानकी मन्दिर तथा ऐतिहासिक रंगभूमि मैदानमा हुनेछ ।

महोत्सवको तयारी भइरहँदा जनकपुरको बजारक्षेत्र र सडकमा भने फोहोरका डंगुर छन् । एक महिनादेखि फोहोर उठ्न नसकेको हो । फोहोर नउठेपछि झाडापखालाको संक्रमण फैलन सक्ने भन्दै स्थानीय रुष्ट छन् । अर्कातिर महोत्सव नै प्रभावित हुने जोखिम बढेको छ । जसलाई ध्यानमा राख्दै बिहीबार जानकी मन्दिर र रंगभूमि मैदानमा सफाइ गरियो । तर बजारमा थुप्रिएको फोहोर उठाउन उपमहानगरले चासो दिएको छैन । पालिकाका सफाइकर्मीले तिहारपछि नगरको फोहर उठाएका छैनन् ।

उपमहानगरका एक अधिकृतले डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापनमा कठिनाइ भएको बताए । जग्गाको खोजी भए पनि स्थानीयले विरोध गर्दा साइट निर्माण हुन नसकेको उनको भनाइ छ ।

प्रकाशित : मंसिर १७, २०७८ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?