कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमासहित दुई छोराछोरी मृत भेटिए

सर्लाही — सर्लाहीमा आमासहित दुई छोराछोरी घरमै मृत फेला परेका छन् । बरहथवा नगरपालिका–१ हजरियाका शिव हजारीकी श्रीमती कविता पासवान, उनका ६ वर्षीया छोरी सलोनी र ४ वर्षीय छोरा स्वागत मृत फेला परेका हुन् ।

कविता झुन्डिएको अवस्थामा र दुई बच्चाको सुतिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । आइतबार बिहान ५ बजे फेला परेको तीनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

प्रहरीका अनुसार श्रीमान् शिव भने वैदेशिक रोजगारीका लागि ४ वर्षदेखि मलेसियामा छन् ।

प्रकाशित : मंसिर १३, २०७८ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?