कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सहयोगीकै भरमा मन्त्रालय

कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री बनेका प्रदीपकुमार यादव कार्यभार सम्हालेको साता दिनसम्म पनि मन्त्रालय फर्किएका छैनन्
सन्तोष सिंह

धनुषा — प्रदेश २ को कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयमा मन्त्री नियुक्त भए पनि मन्त्रालय सुनसान छ । गत आइतबार मन्त्री प्रमोद यादवले कार्यभार सम्हालेपछि अहिलेसम्म मन्त्रालय फर्किएका छैनन् । मन्त्रीनै मन्त्रालय नपुग्दा कार्यकक्षसमेत व्यवस्थित हुन सकेको छैन । मन्त्रालयमा न कर्मचारी भेटिन्छन्, न मन्त्री  । प्रशासनिक कक्ष पनि रित्तै छ । कार्यालय सहयोगी प्रदीपकुमार महतो दिनभर मन्त्रालय कुरेर बस्छन् ।

सहयोगीकै भरमा मन्त्रालय

मन्त्री यादवलाई बधाई दिन आउने शुभचिन्तकलाई पनि मन्त्री नभएको भन्दै कार्यालय सहयोगी महतोले फिर्ता पठाउने गरेका छन् । कर्मचारी खोज्नेलाई भने ‘मुख्यमन्त्री कार्यालयमा जानू’ भन्ने गरेको उनले सुनाए । कार्यभार सम्हालेर पार्टीको बैठकमा व्यस्त हुँदा मन्त्रालय जान नपाएको मन्त्री यादवले बताए । ‘मन्त्रालय नयाँ भएकोले व्यवस्थित गर्न केही समय लाग्छ,’ उनले भने । आफूले जनकपुरमा निवाससमेत नपाएको उनले गुनासो गरे ।

प्रदेश सरकार विस्तार भए पनि कर्मचारी र भौतिक संरचना अभावले मन्त्रालयहरु सुनसान बनेका हुन् । प्रदेश सरकार गठन हुँदादेखि नै कर्मचारी अभावमा काम गर्न समस्या भइरहेको थियो । पछिल्लो समय राजनीतिक दल विभाजन भई गठबन्धनको सरकार बनाउन मन्त्रालय संख्या बढाउँदा कर्मचारी अभाव चुलिएको हो ।

मुख्यमन्त्री कार्यालयसँग मन्त्रालयका लागि आवश्यक कर्मचारी माग गरिएको छ । मुख्यमन्त्री कार्यालयका उपसचिव दिलीप प्रधानलाई कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी तोकिएको छ । मन्त्रालयमा कर्मचारी नहुँदा निमित्त सचिव प्रधानले मन्त्रालय कुर्न करारका कार्यालय सहयोगी भर्ना गरेका छन् । उक्त मन्त्रालयका लागि १० कर्मचारी आवश्यक रहेको र अन्य मन्त्रालयबाट ल्याउने तयारी भइरहेको प्रधानले बताए । ‘मन्त्रीज्यू शपथ लिएपछि कार्यकर्ता भेटघाटमा व्यस्ता हुँदा छलफल हुन सकेको छैन,’ उनले भने, ‘मन्त्रीज्यूसँग छलफल गरी मन्त्रालयको व्यवस्थापन र कर्मचारी टुंगो लगाउनुपर्नेछ । कार्यभार समहालेपछि उहाँ गृहजिल्ला सिरहातिरै हुनुहुन्छ ।’

मन्त्रालयमा कम्प्युटर र अन्य फर्निचर नहुँदा कर्मचारी मन्त्रान्लय आउन नसकेको उनले बताए । मन्त्रीको लागि निवास पनि खोजी भइरहेको उनले जानकारी दिए । साबिकको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय रहेको चारतले मधेस भवनमा कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय राखिएको छ ।

अहिले प्रदेश २ मा मन्त्रालयको संख्या १० पुगेको छ । मन्त्रालय थपिए पनि कर्मचारी र पर्याप्त भौतिक संरचना नहुँदा मन्त्रालय व्यवस्थित हुन सकेका छैनन् । यसले सेवा प्रवाहमै पनि समस्या थपिदिएको छ । मन्त्रालयमा कर्मचारी अभाव र छोटो अवधिमै सचिवको सरुवा हुँदा प्रदेश सरकारका काम नै प्रभावित हुँदै आएको छ । महिनौंसम्म सचिवविहीन बन्दा मन्त्रालयको आर्थिक–प्रशासनिक काम प्रभावित हुँदै आएको छ । पछिल्लो दुई महिनादेखि सचिवविहीन रहेका ३ वटा मन्त्रालयमा हालै मात्र नयाँ सचिव सरुवा भएका छन् ।

प्रकाशित : मंसिर ११, २०७८ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?