कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेल सञ्चालन गर्न माग राख्दै धनुषामा लोसपाको प्रदर्शन

श्यामसुन्दर शशि

जनकपुर — भौतिक संरचनाको निर्माण पूरा भएपनि अझै रेल सञ्चालन नगरेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) धनुषाले प्रदर्शन गरेको छ । लोसपा धनुषाले मंसिर २२ गते आयोजना हुने रामजानकी विवाह महोत्सवदेखि रेल सञ्चालन गर्न माग राख्दै प्रदर्शन गरेको हो ।

रेल सञ्चालन गर्न माग राख्दै धनुषामा लोसपाको प्रदर्शन

लोसपा धनुषा सम्बद्ध नेता,युवा अगुवाहरु, महिला तथा विद्यार्थीहरुको एक समूह नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधानमन्त्रीलाई रेल सञ्चालन गर्न ज्ञापनपत्र समेत बुझाए । उनीहरुले विवाह महोत्सवअघि रेल सञ्चालन नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

ज्ञापनपत्रमा रेल सञ्चालनका लागि आवश्यक भौतिक संरचना तयारी अवस्थामा रहेपनि राज्यको बक्रदृष्टि र षड्यन्त्रको कारण रेल सञ्चालन नगरेको उल्लेख छ । ‘रेल सञ्चालनमा जानाजान अटेर गरी रहेकोले नेपाल सरकारले खरिद गरेको इन्जिन, बोगी र भारत सरकारको सहयोगमा निर्माण भएको ट्रैकआदि बिग्रिन थालेकोले हाम्रो ध्यान आकर्षित भएको छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

प्रकाशित : मंसिर ८, २०७८ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?