शैक्षिक सत्र सुरु भएको १० महिना बित्दा पनि सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको अभाव छँदै छ । कतिपय विद्यार्थी कबाडीबालासँग पुराना पुस्तक किनेर, साथीसँग आलोपालो गरेर अनि पाठ्यपुस्तकबिनै पढ्न र परीक्षाको तयारी गर्न बाध्य छन् । चैत दोस्रो सातादेखि अन्तिम परीक्षा हुँदै छ । तर, धनुषाका सामुदायिक विद्यालयमा अझै पाठ्यपुस्तककै रोइलो छ ।
अपहरणपछि भारतको सीतामढीमा हत्या गरिएका जनकपुरका दुई युवकमध्ये एक जनाको पक्राउ परेका अभियुक्तसँग पुरानै ‘सम्बन्ध’ रहेको खुलेको छ । जिल्ला प्रहरी धनुषाले दुवै युवकको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ गरेका किसन पण्डित र मारिएका रोहित साह साथी रहेको खुलेको जनाएको छ ।
भारतमा हत्या गरिएका जनकपुरका दुई युवकको सोमबार बिहान जनकपुरमा अन्तिम संस्कार गरिएको छ । भारतमा पोस्टमार्टम सकिएपछि दुवै युवकको शव बिहान जनकपुर ल्याइएको थियो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ र १३ का दुई युवकको सीमावर्ती भारतीय गाउँमा हत्या भएको छ । अनुसन्धानका क्रममा भारत पुगेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायका अनुसार दुवै युवकको शव खाल्टो खनेर गाडेको अवस्थामा सीतामढी जिल्लाको बेला थाना अन्तर्गतको पर्सा गाउँमा आइतबार बिहान फेला परेको हो ।
बलिदानी दिवसमा सहभागी हुन जनक चोकको डबली पुगेर फर्किएका इन्द्रकुमार झा बिहीबार अपराह्न जनकपुरको रामचोकमा निराश मुद्रामा भेटिए । यो वर्ष सहिदलाई सम्झेर कार्यक्रम नगरिएकामा मधेस आन्दोलनका अगुवा झा आक्रोशित देखिन्थे । उनले भने, ‘कति छिटो सहिदलाई बिर्सेका ।’ मधेस आन्दोलनका क्रममा मारिएका सहिदको सम्झनामा माघ ५ मा बलिदानी दिवस मनाइन्छ । तर अघिल्लामा वर्षमा झैं यस वर्ष सहिदलाई नसम्झिएको उनको भनाइ छ ।
मधेस प्रदेशमा सभामुखको निर्वाचन आज १ बजे हुँदैछ । सत्तागठबन्धन दलबाट नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जंगीलाल यादव सभामुखका उम्मेदवार छन् । हिजो शोक बिदाका कारण निर्वाचन हुन सकेको थिएन ।
मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादव र ३ जना मन्त्रीले शपथ लिएका छन् । शुक्रबार एक समारोहबीच प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादव र एमालेका सरोजकुमार यादव, जनमत पार्टीका वसन्त कुशवाहा र जनता समाजवादी पार्टीका सञ्जयकुमार यादवलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । मन्त्रीहरूलाई कुनै जिम्मेवारी तोकिएको छैन ।
प्रधानमन्त्री पदको शपथ लिँदा यसअघि सुट लगाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस ११ मा चाहिँ दौरा–सुरुवाल र ढाका टोपीमा देखिए । हिन्दीमा शपथ लिँदै आएका मधेशकेन्द्रित दलहरूका बहुसंख्यक नेताले यसपालि नेपाली नै रुचाए ।
मंसिर दोश्रो सातादेखि जनकपुरमा दैनिक २ हजारभन्दा धेरै पर्यटक आउने गरेका छन् । तर बसमा आउने यी पर्यटकहरुबाट जनकपुरका व्यावसायीहरूले खासै लाभ भने लिन सकेका छैनन् ।
मधेस प्रदेशका सांसदले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सभाका ज्येष्ठ सदस्य ७१ वर्षीय गोविन्द न्यौपानेले कुल १ सय ७ मध्ये १ सय ४ सांसदलाई शपथग्रहण गराएका थिए ।