कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुडिरहेको गाडीबाट खस्दा एकको मृत्यु

धनुषा — धनुषाको धारापानीमा गुडिरहेको गाडीबाट खस्दा एक किशोरीको मृत्यु भएको छ । धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत धनुषाधाम नगरपालिका–७ भगवानपुरीकी १८ वर्षीया छात्रा पूजाकुमारी महतोको बुधबार बिहान मृत्यु भएको हो ।

गुडिरहेको गाडीबाट खस्दा एकको मृत्यु

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७०४९ नम्बरको विंगरको ढोका छेउबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले बताए । गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको टाउकोमा चोट लागेकोले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुजाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र विंगर चालकलाई नियन्त्रणमा लिएर घटना विषयमा थप अनुन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।


प्रकाशित : मंसिर ८, २०७८ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?