कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्यादेश ल्याएर सरकारले प्रदेश सभालाई पंगु बनाउन खोज्यो : सोनल

सन्तोष सिंह

धनुषा — प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का संसदीय दलका नेता जितेन्द्र सोनलले दुई तीहाइको प्रदेश सरकारले अध्यादेश ल्याएर प्रदेश सभालाई पंगु बनाउने खोजेको आरोप लगाएका छन् ।

अध्यादेश ल्याएर सरकारले प्रदेश सभालाई पंगु बनाउन खोज्यो : सोनल

विश्वविद्यालय स्थापना गर्न प्रदेश २ सरकारले सिफारिस गरेको अध्यादेश प्रदेश सरकारले अलोकतान्त्रिक चरित्र भएको सोनलले आरोप लगाएका हुन् ।

‘विजनेश नभएको भन्दै प्रदेश सभाको अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउनु सरकारको अलोकतान्त्रिक चरित्र हो,’ सोनलले भने, ‘सरकारले प्रदेश सभालाई रणनितिक रुपमा विजनेश नदिई पंगु बनाउन खोजेको छ ।प्रदेश सरकार सांसदलाई छलेर भाग्न खोजेको छ, ’ उनले भने ।

सरकारमाथि लागेको विभिन्‍न आरोपले शंकाको घेरामा रहेकोले प्रदेश सभालाई अन्योलमा राखेर सरकार अध्यादेश ल्याएको सोनलले बताए । अध्यादेश ल्याएर प्रदेश सरकार विधि र प्रक्रियालाई लत्याएर भाग्‍न खोजेको सोनलले आरोप लगाए ।

प्रदेश २ को मन्त्रिपरिषद्को बैठकले मंगलबार वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना गर्न २ वटा अध्यादेश प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रकाशित : कार्तिक ९, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?