कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलमग्न जनकपुर 

श्यामसुन्दर शशि

जनकपुर — सोमबार रातिदेखि निरन्तर परेको पानीले जनकपुरको नगर क्षेत्र जलमग्न भएको छ । वर्षाको पानी घर तथा पसलमा छिर्दा करोडौं मूल्य बराबरको धनको क्षति भएको छ । मंगलबार बिहान झन्डै चार घण्टा मुसलधारे वर्षा भएपछि नगर क्षेत्रमा एसियन विकास बैंकको सहयोगमा निर्मित ढलबाट पानी बग्न नसक्दा घर घरमा पानी पसेको थियो ।

जलमग्न जनकपुर 

जनकपुर-२ को गिरिजा सिनेमा हल , किशोरी नगर, भानु चोक,शिव चोक, वडा नम्बर ४ को राराब क्याम्पस जाने बाटो, एसएसपी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका सरकारी कार्यालय भित्र पानी छिरेको थियो भन्ने शिव चोकमा रहेको एक दर्जन अधिक पसल तथा गोदामहरुमा पानी छिर्दा करोडौँ मूल्य बराबरको लत्ताकपडा,इलेक्ट्रोनिक्स सामान बिग्रेको थियो ।

शिव चोकस्थित अनित इम्पोरियमका सञ्चालक गुडु सुल्तानियाका अनुसार उनको तथा उनका काका पशुपति सुल्तानियाको इलेक्ट्रोनिक्स पसल तथा गोदाममा पानी छिर्दा लाखौँ मूल्य बरावरको वासिंग मेसिन,टेलिभिजन,एसीलगायतका सर सामान नष्ट भएको छ । यसै गरी शिव चोकमै अवस्थित नवरङ होटेलभित्र पानी छिर्दा सेवाका लागी प्रयोगमा रहेको अनेकौँ फ्रिज पानीमा डुबेका छन् भने चामल,दाल,तरकारी जस्ता सामान नष्ट भएको छ ।

झन्डै एसियन विकास बैंकको सहयोगमा एकीकृत सहरी विकास आयोजना अन्तर्गत एक अर्बको लगानीमा दुई वर्ष अघि मात्र तयार भएको अन्डरग्राउन्ड ढलले पानी ओसार्न नसक्दा नगर क्षेत्र डुबानमा परेको हो ।

धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जनकपुरसहित जिल्लाका अन्य ग्रामीण क्षेत्रमा पानीको स्तर बढेको सूचना आएपनि धनमालको क्षतिको आधिकारिक जानकारी आउन नसकेको बताएका छन् ।

प्रकाशित : कार्तिक २, २०७८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?