कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको राजनीतिमा अप्रत्याशित घटना हुने क्रममा छन् : ठाकुर

अवधेशकुमार झा

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपालको राजनीतिमा स्थिरता हुन नसकेको बताएका छन् । उनले राजनितिक स्थिरता नहुँदा नेपालमा अप्रत्यासित घटनाहरू हुने गरेको बताए ।
लोसपा गठन भएपछि सो पार्टीका पक्षमा सप्तरी जिल्लामा सनाखत गरेका जनप्रतिनिधिहरूको सम्मानमा आइतबार राजविराजमा आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले भने,‘नेपालको राजनीतिमा अझै पनि स्थिरता आउन सकेको छैन्, अपेक्षा नगरेका घटनाहरू प्नि अप्रत्यासित रुपमा हुन्छन् ।’ 

नेपालको राजनीतिमा अप्रत्याशित घटना हुने क्रममा छन् : ठाकुर

‘चुनावमा तत्कालीन नेकपा बहुमतले जित्यो हेर्दाहेर्दे सरकार ढल्यो’, अध्यक्ष ठाकुरले भने,‘नेपालको राजनीतिमा यसअघि पनि अप्रत्यासित घटनाहरू भएका छन्, अहिले पनि हुने क्रममा छन् ।’ तर अब के अप्रत्यासित घटना हुने भन्नेबारेमा उनले केही खुलाएनन् ।

चार दलीय गठबन्धनमा मतभिन्नता सुरु भइसकेको बताउँदै अध्यक्ष ठाकुरले भने,‘घर (मन्त्रिपरिषद्) बनाउन नसक्ने सरकारले जनताको समस्या के समाधान गर्न सक्ला र ?’

लोसपाको कुनै पनि पार्टीसँंग गठबन्धन नरहेको बताउँदै ठाकुरले भने,‘सबै संँग सम्झौता गर्दागर्दै थाक्यौं, हाम्रो माग र मुद्दा सम्बोधन गराउनेतर्फ मात्रै हाम्रो ध्यान केन्द्रित छ ।’ नेपालको वर्तमान संविधान कठोर संविधान रहेको ठाकुरले आरोप लगाए । ‘नेपालको अहिलेको संविधान कठोर छ, संशोधन सहज छैन’, ठाकुरले भने,‘संविधानमा अझै धेरैकुरा प्रस्ट छैन ।’ नागरिकता नपाउँदा नेपालमा लाखौं व्यक्ति कानुनी अस्तित्वविहिनताको अवस्थामा रहेको बताउँदै ठाकुरले नेपालमा नागरिकता नपाएकै कारण जीवित व्यक्ति पनि अधिकारविहीन रहेको बताए ।

कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेस र मधेसीसँंग धोखा दिनेलाई पहिचान गरी दण्डित गर्नुपर्ने बताए । उनले स्वार्थका लागि केही बेइमान र स्वार्थीहरूले पार्टी एकता तोड्ने काम गरे पनि त्यसले विचार र मुद्दा समाप्त नहुने बताए । अर्का वरिष्ठ नेता शरदसिंह भण्डारीले नेपालको वर्तमान संविधान एकल जाती नश्लीय चिन्तन बोकेको संविधान रहेको आरोप लगाए । भण्डारीले भ्रष्टाचारका कारण संघीयतामाथि खतरा रहेको बताउँदै प्रदेश २ मा अख्तियारले छानबिन गर्दा विरोध गर्नु हास्यास्पद भएको टिप्पणी गरे ।

लोसपा प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा मागे । उनले प्रदेश सरकारलाई भ्रष्टाचारको आखडा भएको आरोप लगाए । ‘उल्टे चोर कोतवालके डाटे’ सोनलले भने,‘प्रदेशका ५६ लाख जनताको आस्थाको केन्द्र मुख्यमन्त्री कार्यालयलाई भ्रष्टाचारको अखडा बनाउने अनि छानबिन सुरु हुँदा मसाल जुलुस गर्ने ? ‘भ्रष्टाचारबारे छानबिनमा रोक्न मिल्दैन, संवैधानिक निकायलाई तर्साउन मिल्दैन’, सोनलले भने । प्रदेशसभा सदस्य रानी शर्माले बेटीको नाममा भ्रष्टाचार सह्य नहुने बताए ।

प्रकाशित : आश्विन १७, २०७८ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?