कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नदीले बगाउँदा बालकको मृत्यु

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–३ बरबोटका १४ वर्षीय बालकको चाँदी नदीले बगाउँदा मृत्यु भएको छ । 

सुकराम ठोकरको शनिबार राति चाँदी नदी तर्न खोज्दा बगाएर मृत्यु भएको उनका दाइ विक्रम ठोकरले बताए । नजिकैको गैंडाटारमा लाग्ने हाट बजारमा किनमेल गरी घर फर्किने क्रममा सिँचाइ बाँधबाट नदी तर्न खोज्दा ठोकरलाई बगाएको थियो ।

राति खोलामा पानीको बहाव ठुलो रहेकाले खोजतलास गर्दा पनि आफन्तले फेला सकेनन् । ठोकरको शव आइतबार बिहान घट्नास्थलबाट ४ किलोमिटर तल हरानी चोकछेउको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनायो ।


प्रकाशित : आश्विन १७, २०७८ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?