कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ मा १६ जेष्ठ नागरिक सम्मानित

सन्तोष सिंह

धनुषा — प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले जेष्ठ नागरिकलाई घरेलु अपहेलनामुक्त गराउने बताएका छन् ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार जनकपुरमा महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री सिंहले जेष्ठ नागरिकलाई घरेलु अपहेलाबाट मुक्त गर्न ठोस नीति ल्याउने बताए ।

प्रदेश २ मा १६ जेष्ठ नागरिक सम्मानित

'घर र समाजमा वृद्धवृद्धालाई अपमान हुनेक्रम बढेको छ', मन्त्री सिंहले भने, ‘जीवनको उतरार्द्ध समयमा जेष्ठ नागरिकलाई अपमानित हुन नदिन अगामी दिनमा ठोस कार्यक्रम ल्याउने छौं ।’ मन्त्री सिंहले जेष्ठ नागरिक भगवानसरह भएको उल्लेख गरे । कार्यक्रममा प्रदेश २ का ८ जिल्लाका १६ जना जेष्ठ नागरिकलाई महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको छ ।

दिवसको अवसरमा प्रदेशको ८ जिल्लाबाट २/२ जनालाई दोसल्ला, सम्मान पत्र र नगद ५ हजार रुपैयाँ दिएर सम्मान गरेको मन्त्रालयको महाशाखा प्रमुख देवकुमारी खत्रीले बताइन् । कार्यक्रममा तीन वृद्धा आश्रमलाई २५ हजार नगद र २५ हजार रुपैयाँको खाद्यान्न सामग्री उपलब्ध गराइएको थियो । जनकपुरको जानकी वृद्धाश्रम, सर्लाहीको पद भुवनेश्वी नमुना वृद्धाश्रम र बाराको जेष्ठ नागरिक सम्मान वृद्धाश्रमलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित : आश्विन १५, २०७८ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?