कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संविधान संशोधनको मागसहित सप्तरीमा लोसपाको र्‍याली

अवधेशकुमार झा

राजविराज — संविधान विभेदकारी रहेको भन्दै संशोधन मागसहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सप्तरीमा र्‍याली निकालेको । आइतबार बिहान राजविराजस्थित गजेन्द्र चौकबाट कालो झण्डासहित लोसपाका कार्यकर्ताहरुले मोटरसाइकल र्‍याली गरेका हुन् । 

संविधान संशोधनको मागसहित सप्तरीमा लोसपाको र्‍याली

र्‍यालीका क्रममा लोसपाका कार्यकर्ताहरुले संविधान संशोधन हुनुपर्ने, विभेदकारी बुँदाहरु हटाउनुपर्नेलगायतका माग गरेका थिए ।

लोसपा कार्यकर्ताहरुले आइतबार दिनभरी कालो दिवस मनाउने कार्यक्रम रहेको र सो क्रममा सार्वजनिक स्थल र सरकारी कार्यालयमा कालो झन्डा लगाउने कार्यक्रम रहेको लोसपा सप्तरीका अध्यक्ष सुनिलकुमार झाले बताए ।

लोसपाको र्‍यालीमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाकी उपमेयर साधना झा, बोदेवरसाइन नगरपालिकाकी उपमेयर रन्जु साह, छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डल, लोसपाका केन्द्रीय नेताहरु ज्यप्रकाश ठाकुर, दिनेश यादव, दिपेन्द्र चौधरी, पुनम यादव, दीपेन्द्र चौधरी, विनोद यादव, जिल्ला समन्वय समिति सदस्य लक्ष्मी रजक लगायतका नेता कार्यकर्ताको सहभागिता थियो ।


प्रकाशित : आश्विन ३, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?