कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

वीरगन्ज कारागारका २ दर्जन कैदीले पाए कैद छुट

शंकर आचार्य

पर्सा — संविधान दिवसको अवसरमा आइतबार वीरगन्ज कारागारबाट २४ कैदी रिहा भएका छन् । तीमध्ये २३ पुरुष र १ महिला कैदी छन् । उनीहरूको बाँकी कैद छुट गरिएको हो । 

कारागारका जेलर कृष्ण गैरेले रिहा हुन लागेका कैदीहरूलाई टीका लगाइदिएर बिदाइ गरेका थिए । गैरेले रिहा भएका कैदीहरूलाई परिवार र समाजमा पुन:स्थापना हुन तथा भविष्यमा फेरि कुनै अपराध कर्ममा लागेर कैद सजाय भुक्तान गर्न नपरोस् भनि शुभकामना दिएका थिए ।

जेलर गैरेका अनुसार कैद छुट पाएका अधिकांश कैदी कर्तव्य ज्यान, डाँका र सवारी ज्यान मुद्दाका छन् । वर्षमा तीनपटक देशभरिका कारागारका कैदीबन्दीहरू कैद छुट पाएर रिहा हुने गरेका छन् ।



प्रकाशित : आश्विन ३, २०७८ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×